काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत उडेका छन् । भारत जान त्रिभुवन विमानस्थल पुगेका लामिछानेले भ्रमणबाट फर्किएपछि प्रेससँग बोल्ने बताए ।
सञ्चारकर्मीले ‘भ्रमणका बारेमा बोल्नुस् न सभापतिज्यू’ भनेर प्रश्न गरेका थिए जसमा रविले ‘भारत भ्रमणबाट फर्किएपछि सबै साथिहरुसँग कुरा गर्छु, प्रेससँग बोल्छु’ भन्दै जवाफ फर्काए ।
लामिछाने सोमबार मध्यान्न पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्यसहित ५ दिने भ्रमणको लागि दिल्ली उडेका हुन् ।
सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जानकारी छन्।




प्रतिक्रिया