रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेको आह्वानमा शुक्रबार केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

रास्वपाका महामन्त्री विपीन आचार्यका अनुसार बैठक शुक्रबार बिहान ११ बजे वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।

बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी राजनीतिक गतिविधि तथा समसामयिक विषयमा छलफल हुने उनले बाए ।