गगन-विश्वलाई रविले भने, ‘देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ

गगन-विश्वलाई रविले भने, ‘देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब पार्टीले छोडिदिनुपर्ने सुझाव दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई देउवाका विषयमा यस्तो सुझाव दिएका हुन्।

‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ लामिछानेले भने।

उनले कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले अब नयाँ पुस्ता र बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए।

कांग्रेसको इतिहास नै उसको ठूलो शक्ति भएको उल्लेख गर्दै लामिछानेले विगतबाट पाठ सिकेर नयाँ राजनीतिक यात्रातर्फ अघि बढ्नुपर्ने धारणा राखे।

उनले कांग्रेसको नयाँ नेतृत्वले विगतको विरासतलाई सम्मान गर्दै वर्तमान राजनीतिक आवश्यकता र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउनुपर्ने बताए।