इलाम उपचुनावमा उम्मेदवारी घोषणा गर्दा रवि लामिछानेले सुवास नेम्वाङ सम्झिएपछि …


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्व. नेता सुवासचन्द्र नेम्वाङको विरासत बोक्न ईलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आएको बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ मा उपचुनावका लागि आज शनिबार उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले मिलन लिम्बुलाई उम्मेदवार बनाएको बताए ।

स्व. सुवास नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले नेम्वाङको विरासत रास्वपाले धान्ने दाबी गरे । परिवारका सदस्यले मात्र विरासत नधान्ने बताउँदै उनले भने, ‘राजनीतिमा त राजनीति नै चल्छ, परिवारमा दशैंतिहारमा टीका लगाउने काम त भई नै हाल्छ, राजनीतिमा राजनीति नै हुनुपर्छ, यो हामीलाई सुवास नेम्वाङले सिकाउनुभएको कुरा हो । सम्मानपूर्वक प्रतिस्पर्धा गर्ने आँट र अठोटका साथ हामी मैदानमा आएका छौं ।’

विपक्षीको आलोचना गरेर आफ्नो उचाइ बढ्छ भन्नेमा आफूलाई विश्वास नभएको उनले बताए । लामिछानेले एकअर्कासँग लड्ने नभई इलाममा जनता जित्नका लागि लड्न आएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement