कांग्रेस–एमालेको याे सरकार ‘अन्तिम भोज’ जस्तै : रवि लामिछाने

कांग्रेस–एमालेको याे सरकार ‘अन्तिम भोज’ जस्तै : रवि लामिछाने


चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्‍याएका छन् ।

चितवनको राप्ती नगरपालिकाको डडुवामा शनिबार आयोजित पार्टी कार्यक्रममा बाेल्दै उनले हदम्यादविरुद्ध संसदबाटै प्रतिवाद गरिने तर बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी समेत दिए।

उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार ‘अन्तिम भोज’ जस्तै हुने दाबी गरेका छन्।

‘सामान्यतया संसदका दुई ठूला दलको सरकार बन्नु राम्रो होइन,’ चितवन क्षेत्र नम्बर–२ का सांसदसमेत रहेका उनले भने, ‘तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अबसर उहाँहरुको लागि ‘अन्तिम भोज’जस्तै हुनेछ।’

उनले फेरि अवसर नआउला कि जसरी दुई ठूला दल मिलेर सरकार बनाएको भन्दै यसले जनताको पक्षमा काम गरेर औचित्य पुष्टी गर्नुपर्ने बताए।