पार्टी कार्यालयमा भेला भए रवि लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता

पार्टी कार्यालयमा भेला भए रवि लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित दलका नेताहरू वनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् ।

सहकारी काण्डमा पक्राउ पर्ने सुचना आएसँगै हिजो साँझबाटै सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता पार्टी कार्यालयमा भेला भएर बसिरहेका छन् ।

हिजो साँझै रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका थिए ।

गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका लामिछाने र पूर्व डीएसपी छविलाल जोशीलाई  कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो ।

सरकार छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारीमा रहेको छ । जोशीलाई  आइतबार पक्राउ गरेर पोखरा लगेपछि सरकारले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो ।