काठमाण्डु – सहकारीको रकम अपचलनमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रहरीले १२ दिनमा बयान सक्दैछ ।
लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीले आज बयान सक्ने जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले जानकारी दिइन् ।
अहिले बयान भइरहेको र आज सक्ने तयारी रहेको उनले बताइन् ।
२ कात्तिकमा चःमतिस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध पोखरास्थित सुर्यदर्शन सकारीको रकम अपचलन गरेको आरोप छ । त्यो आरोपमा पूर्वडीआईजीपी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।
अहिलेसम्मको बयानमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सुर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सुर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु राईविरुद्ध पनि पक्राउ पूजी जारी भएको छ । तर, उनी अहिलेसम्म फरार छन् ।
प्रतिक्रिया