रविलाई काठमाडौँबाट पोखरा सडकबाट, पोखराबाट भैरहवा जहाजबाट

रविलाई काठमाडौँबाट पोखरा सडकबाट, पोखराबाट भैरहवा जहाजबाट

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – सहकारीको रकम अपचलन आरोपमा २ कात्तिकमा काठमाण्डौँबाट पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखराबाट भैरहवा लगिएको छ । काठमाडौँबाट पोखरा लैँजादा सडकमार्ग हुँदै लगिएका लामिछानेलाई आज हजाइजहाजबाट पोखराबाट भैरहवा लगिएको हो ।

पोखराबाट बुद्ध एयरको जहाजमार्फत मंगलबार मध्याह्न लामिछानेलाई भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही पठाइएको हो । यसअघि पोखरामा सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन आरोपमा प्रहरीले अनुसन्धान गरेको थियो ।

लामिछानेलाई भैरहवा पु¥याएपछि प्रदर्शन गर्ने तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले गरेपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । लामिछानेको समर्थनमा रास्वपाले भैरहवामा प्रदर्शन थालिसकेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही लगिएको हो ।