रविलाई परिवारको जिम्मा लगाएकोमा न्यायाधीशसँग सरकारी वकिलको आपत्ति

रविलाई परिवारको जिम्मा लगाएकोमा न्यायाधीशसँग सरकारी वकिलको आपत्ति


काठमाण्डु – जिल्ला सरकारी वकिलहरूले बहस नै नगरी सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको बयान सकिएपछि न्यायाधीश प्रल्हाद कुमार योगीले रविलाई श्रीमति निकिताको जिम्मा लगाएका थिए । परिवारको जिम्मा लगाउँदा बहस नै नगरेकोमा सरकारी वकिलहरूले आपत्ति जनाएका हुन् ।

लामिछानको जिल्ला अदालत रुपन्देहीमा जारी थुनछेक बहसका क्रममा सरकारी वकिलहरूले त्यस्तो धारणा राखेका हुन् ।

सरकारी वकिलहरूले थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएका प्रतिवादीलाई परिवारको जिम्मा लगाएर छाड्ने न्यायाधीश न्यायाधीश योगीले ‘रिक्युजल’ लिनुपर्ने तर्क गरेका छन् । कानुनी भाषामा रिक्युजल भन्नाले ‘मुद्दा हेर्न नमिल्ने घोषणा’ भन्ने अर्थ लाग्छ ।

सहकारी पीडितका तर्फबाट बहस गर्न इजलासमा पुगेका वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले पनि सोही कुरा इजलासमक्ष राखेका थिए भने प्रतिवादी तर्फका वकिलहरूले भने ‘रिक्युजल’ आवश्यक नभएको बताएका थिए ।

त्यसपछि न्यायाधीश योगीले आफू मुद्दाबाट पछि नहट्ने अडान लिएपछि थुनछेक बहस सुरु भएको थियो ।