रविलाई भेटेपछि दिपकले लेखे, ‘आज रबिजीलाई स्वागत गर्न पाइयोस्’


काठमाडौं – निर्माता तथा कलाकार दिपकराज गिरीले पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् ।

कलाकार दिपकसहित निर्देशक दिपाश्री निरौला, कलाकार केदार घिमिरे माग्ने बुढा लगायतको समुहले रविलाई चितवन हिरासतमा पुगेर आज भेट गरेको हो । पत्रकार शालिकराम पुँडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा छानविनको लागि हिरासतमा रहेका रविलाई भेट गरेपछि दिपकले रवि सुरक्षीत रहेको बताएका छन् ।

दिपकले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस समेत लेखेका छन् । उनले लेखेका छन्, ‘हामीले भर्खरै रविजीसँग भेट गर्यौं । हामिले आत्महत्यासँग सम्बन्धित बिद्यमान अव्यबहारिक कानुनको संसोधन हुनु पर्ने कुरापनि गर्यौं । उहाँ सुरक्षित हुनुहुन्छ । समर्थकहरूलाई धन्यबाद दिदै संयमित रहन समेत आग्रह गर्नु भयो । न्यायालयप्रति बिश्वास गरौं । आज रबिजीलाई स्वागत गर्न पाइयोस् भनेर कामना पनि गरौं’ दिपकले आफ्नो फेसबुकमा लेखका छन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement