रवि लामिछानेसहित तीनै जना अदालतमा उपस्थित


चितवन – पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको आभियोगमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई चितवन प्रहरीले म्याद थप गर्न अदालत पेस गरेको छ ।

बिहीबार पक्राउ परेका तीनैजना माथिको अनुसन्धान नसकिएका कारण म्याद थपका लागि जिल्ला अदालत चितवन पेस गरिएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ले जानकारी दिए ।

यसअघि जिल्ला अदालत चितवनले दिएको पाँचदिनको म्याद आज सकिएको हो । शालिकरामको पोष्टमार्टमा रिपोर्टमा शालिकरामले झुन्डिएर आत्महत्या गरेको खुलेको भएपनि बाँकी अनुसन्धानकै क्रममा रहेको एसपी मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement