रवि लामिछाने पत्नि निकिताले दिएकाे जाहेरी प्रहरीले लिएन


काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नि निकिता पौडेलले दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको छ ।

उनले पत्रकार पुुडाशैनी आत्महत्या प्रकरणमा प्रहरीले छानविन गरिरहेको बेला आत्महत्यासम्बन्धी भिडियो विर्ते गरि सार्वजनिक गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन पुगेकी थिइन् । तर परिसरले उक्त केस आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै जाहेरी दर्ता गर्न नमानी उनलाई चितवन जान सुझाएका छन् ।

पत्रकार पुडाशैनीलार्ई रवि लामिछानेसहित तीन जनाले आत्महत्या गर्न बाध्य पारेको भिडियो सार्वजनिक भएपछि गत बिहिबार प्रहरीले रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेर हिरासतमा लिई अनुसन्धान गरिरहेको छ । पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पत्रकार पुडाशैनी हाल माउन्टेन टेलिभिजनमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement