काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा बधाई दिएका छन्।
लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत् मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका छन्।
‘दूरदर्शी नेतृत्वमा भारतको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको छ,’ लामिछानेले लेखेका छन्।
उनले नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको निकट सम्बन्धमा आधारित दीर्घकालीन सम्बन्ध रहेको उल्लेख गरेका छन्।
लामिछानेले रास्वपा र आफ्नो तर्फबाट नेपाल–भारत सम्बन्धलाई थप सुदृढ, समृद्ध र दुवै देशका लागि लाभदायक बनाउन सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन्।
मोदीले गुजरातको मुख्यमन्त्रीका रूपमा सार्वजनिक पद सम्हालेको समेत जोड्दा सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेको अवसरमा लामिछानेले यस्तो शुभकामना दिएका हुन्।



प्रतिक्रिया