रविको समर्थनमा चितवन पुगेकी स्वेताले लेखिन् यस्तो भावुक स्टाटस


काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेििभजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा चितवन पुगेकी नायिका स्वेता खड्का यतिबेला भावुक बनेकी छन् ।

उनले भावुक हुँदै पत्रकार पुडाशैनी प्रकरणमा नयाँ तथ्यहरु सार्वजनिक हुँदै जानुले रवि लामिछाने रिहा हुनेमा ढुक्क भएको बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन् । ‘यतिखेर चितवनमा छु । निकिता दिज्युलाई ढाडस दिनु र निस्पक्ष छनविनको लागि खबरदारी गर्नुलाई मैले आफ्नो कर्तब्य ठानेकीछु । अनुसन्धानमा खटिनु भएका अधिकारिहरुले मृतक सालीकराम पुडासैनीको बारेमा नयाँ तथ्यहरु पत्ता लगाउदै जानु (जुन कान्तिपुर दैनिक र सोसियल मिडियाहरुको प्रकाशनमा आईरहेका छन्) ले पनि रवी दाई निर्दोश सावित हुनेमा ढुक्क भएका छौ । अदालत अगाडि भेला भएका हजारौ जनसागरको आँखामा पनि मैले त्यही आशा देखेको छु । टण्टलापुर घाम र अखण्ड गर्मीका बावजुद पनि रवी दाईको लागि सुवेक्षा, आशिर्वाद र प्रार्थना गरिरहेका मानवसागरले यतिखेर कुनै उग्र राजनैतीक नारा लगाएका छैनन् नत सरकार बिरोधी चर्का स्वरहरुनै निकालेका छन । हातमा चन्द्र सुर्य राष्ट्रिय झन्डा बोकेका हजारौ राष्ट्रप्रेमीहरुको आँखामा निस्पक्ष छानविन नहुने हो कि ? पैसा र पावरको पैतालाले ‘न्याय’ कुल्चने हो कि ? भन्ने शंका भने प्रस्टै देखिन्छ । आमजनताको आँखामा देखिएको शंकाको कालो पर्दालाई च्यातेर वास्तविक द्रुश्य देखाउनमा हाम्रो न्यायलय सफल हुनेछ भन्ने आशा र विश्वाश लिएका छौं ।

प्रतिक्रिया दिनुहोस
Advertisement