काठमाण्डु– रेबिज लागेर चितवनमा एक जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको हो ।
उनको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहीबार बिहाँन मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया