राष्ट्रिय झण्डा ओढाएर गायक तामाङलाई श्रद्धाञ्जली


काठमाण्डु- गायक तथा अभिनेता रविन तामाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाएका छन् ।

कार्यक्रममा सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कांग्रेस महामन्त्री गगन थापा पनि पुगेका थिए । उपस्थित अन्य कलाकर्मीहरुले फूलमाया चढाएर तामाङप्रति श्रद्धासुमन व्यक्त गरे ।

गायक तामाङको सम्मानमा उनका दुई चर्चित गीतहरु केटाकेटी र गुलाबको गाएर ट्रिब्यूट गरिएको थियो । श्रद्धाञ्जली दिन फ्यान र कलाकर्मी बिहानैदेखि नक्सालस्थित एकेडेमीको परिसरमा पुगेका थिए । संगीतकार संघ र एकेडेमीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

रविन तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गर्ने तयारी छ । गत मंगलबार तामाङ बुढानिलकण्ठस्थित निवासमा मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement