कुलमानलाई दोस्रो कार्यकाल नदिनु भ्रष्ट राजनीतिको चरम नमूनाः रवीन्द्र मिश्र


काठमाण्डु – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाल विद्याुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्न माग गरेका छन् ।

बुधबार ट्वीटरमार्फत संयोजक मिश्रले धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइने भन्दै कुलमानलाई पनि पुनः नियुक्त गर्न माग गरेका हुन् ।

‘राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशीसाथ नविकरण गरिन्छ। विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ भनिँदैन’, उनले भने ।

त्यस्तै उनले कुलमानले असाधारण काम गरेको बताए । उनलाई दोस्रो कार्यकाल नदिनु भैष्ट राजनीतिको नमूना भएको बताए ।

‘कुलमानजीले त असाधारण काम गरेका हुन् । उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement