काठमाण्डु– जेनजी अभियन्ता रक्षा बमले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी छन् ।
बमले सामाजिक सञ्जालमार्फत जेनजीलाई देखाएर सरकारले आफ्नो अक्षमता ढाकछानेप गर्न खोजेको बताइन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले जबरालाई गएराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो । जबरालाई आइतबारै छाडिएको छ ।
सरकारले जेनजीलाई आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूहका रुपमा चित्रित गर्न खोजेकामा उनले आपत्ति जनाएकी छन् । ‘जेनजी भनेको को हो हजुर ? कुनै आतंकवादी संगठन हो ? या भूमिगत सशस्त्र समूह हो ?’, बलमे प्रश्न गरेकी छन्, ‘शक्तिको मातमा आफूखुसी पक्राउ गर्ने, मनलाग्दी आरोप लगाउने, न विधि मान्ने न प्रक्रिया मान्ने, अनि कारण के भन्दा ‘जेनजी रे ।’ तपाईहरूको अक्षमता ढाकछोप गर्न प्रयोग हुने शब्द हो र जेनजी ?’ ।
बममे जेनजीबाट कुनै संगठित सुरक्षा खतरा भए प्रमाण सार्वजनिक गर्न चुनौती दिइन् ।
प्रमाणबिनै जेनजीको नाममा पक्राउ गरिएको हो भने त्यो शक्तिको आडमा गरिएको कारबाही हुने उनको भनाइ छ ।
‘आफ्नो राजनीतिक दाउपेच मिलाउन नसकेर मध्यरातमा कसैलाई पक्राउ गर्ने, अनि नाम चाहिँ जेनजी,’ उनले लेखेकी छन् ।
बमले सरकारले सुरक्षा निकायको दुरुपयोग गरेको लगाइन् ।
नगर प्रहरी चलाए जसरी प्रहरी चलाउन खोजिएको टिप्पणी बमको छ । ‘नगर प्रहरी चलाए जसरी चलाउँछु भन्ने सोच्नुभयो क्या हो ?’, बमको प्रश्न छ ।




प्रतिक्रिया