एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्ण कँडेल दुई मतले बिजयी


बुटवल – नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।मंगलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल दुई मतले मात्रै विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका अर्का प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएको घोषणा गरिएको छ ।

विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा पराजित भएका अर्का प्रतिस्पर्धी रिजाल भने ४७७ मत मात्रै प्राप्त गरेर अध्यक्ष हुनवाट बञ्चित हुनु परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement