म सामान्य नेपाली हुँ, नेपालको इमान्दार छोरी हुँ, राजनीतिमा आउँदिनँ : राधिका शाक्य

म सामान्य नेपाली हुँ, नेपालको इमान्दार छोरी हुँ, राजनीतिमा आउँदिनँ : राधिका शाक्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनका लागि कुनै चासो नभएको बताएकी छन् ।

सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन् ।

राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरू पनि गुम्ने उनले संकेत गरिन् । उनले भनिन्, ‘तपाईं राजनीतिमा पो सल्बलाउन थाल्नुभएको हो कि भन्ने पत्रकारहरूका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन । मैले आफ्नो ऊर्जाशील जवानीमा त राजनीति गरिनँ । अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउँछु र ! के पाउँछु र ? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु । जहाँसम्म लाग्छ, राजनीतिमा लागेको भए यति कुरा पनि पाउँदिनँ थिए होला ।’

उनले केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भन्ने कता–कता प्रश्न गरेको सुनेको पनि बताइन् । ‘मलाई केपी ओलीले राजनीतिमा आउ वा सक्रिय बन्नु कहिल्यै भन्नुभएको छैन । म राजनीति गर्न भनेर आएको पनि होइन,’ उनले भनिन् ।

उनले भनिन्, ‘मलाई धेरै मान्छेहरूले अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर प्रश्न गरेको सुनेकी छु । तर केपी ओलीले मलाई राजनीतिमा जाऊँ भनेर भन्नुभएको छैन । म आफैंले पनि राजनीति गर्छु भनेर भनेको पनि छैन । म एउटा सामान्य नेपाली हुँ, यो नेपालको इमान्दार छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ । कुन ठीक, कुन बेठीक भन्ने कुरा बुझेकी छु । ती सबै कुरा किताबमार्फत व्यक्त गरेकी छु ।’