मन्त्रिमण्डल पुनर्गठन हुँदैन, पाँच वर्षसम्म केपी ओली नै प्रधानमन्त्री : रघुवीर महासेठ


काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले मन्त्रिमण्डल पूनर्गठन हुन्छ भन्ने हल्ला भएको र यो सरकारलाई कमजोर बनाउनको लागि चलाइएको अफवाह भएको उनले बताए ।
‘हाम्रो पार्टीभित्र कुनै पनि अन्तरविरोध छैन । मैले बुझेअनुसार केपी ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री हो । अहिले जे बजारमा हल्ला चलिरहेको छ, यसमा कुनै सत्यता छैन ।’

मन्त्री महासेठले अबको पाँच वर्षका लागि केपी ओली नै प्रधानमन्त्री हुने बताउँदै आलोपालो प्रधानमन्त्रीको सहमतिलाई पनि चुनौती दिए ।

उनले तत्काल मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना नभएको स्पष्ट पारे । उनले भने, ‘तत्काल मैले यो सम्भावना देखेको छैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement