मातृका यादवपछि महासेठले गरे मन्त्रीबाट हट्ने संकेत


काठमाडौं– भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले आफू मन्त्री पदबाट हट्ने संकेत गरेका छन् ।

शनिबार जनकपुरमा मुजेलीयास्थित राधाकृष्ण सार्वजनिक पुस्ताकलयका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण कार्यक्रममा मन्त्री महासेठले आफू मन्त्री नरहेपनि सांसद पदमा रहिरहने र जनकपुरको विकासका लागि निरन्तर लागिपर्ने बताएका हुन् ।

उनले आफू मन्त्री नरहँदा पनि जनकपुरसहित हरेक क्षेत्रको विकासका लागि निरन्तर लागिपरेको दावी गर्दै पूर्वाधारसहित हरेक क्षेत्रको विकास आवश्यक रहेको बताए ।

मन्त्री महासेठले मन्त्री फेरबदलबारे पार्टीमा कुनै किसिमको विवाद नरहेको पनि स्पष्ट पारे । उनले मन्त्री बनेर मात्रै जनकपुर क्षेत्रको विकास सम्भव नरहेको समेत जिकिर गरे ।

शुक्रबार मात्र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले लगानी सम्मेलन अघि नै आफू मन्त्रीबाट हट्ने संकेत गरेका थिए।

लगानी सम्मेलन चैत १५ र १६ गते काठमाडौंमा आयोजना हुँदैछ।

लगानी सम्मेलन अघि नै मन्त्रीबाट हट्ने मात्रिका यादवको संकेत (भावुक मन्तव्यको पूर्णपाठसहित)

प्रतिक्रिया दिनुहोस
Advertisement