बर्खास्तीमा परेका रघुवीर महासेठ भन्छन् : म सफल मन्त्रीको रुपमा बिदा भएँ !


काठमाडौं – बर्खास्तीमा परेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू सफल मन्त्रीको रुपमा बिदा लिएर फर्किन लागेको बताएका छन् ।

नवनियुक्त मन्त्री वसन्त नेम्वाङको स्वागत र आफ्नो बिदाइ कार्यक्रममा महासेठले आफू सफल मन्त्री भएको दाबी गरेका हुन् ।

भौतिक योजना तथा यातायात मन्त्रालयमा २० महिना मन्त्री रहेको समयमा काम गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ । ‘सडक, पुल लगायत पूर्वाधार विकासमा धेरै काम गरेको छु,’ महासेठले भने ।

त्यस्तै उनले नवनियुक्त मन्त्रीलाई सहयोग गर्ने समेत बताएका थिए । उनी मन्त्रालयमबाट बिदा भएसँगै नवनियुक्त मन्त्री वसन्त कुमार नेम्वाङले पदभार ग्रहण गरेका छन् । नेम्वाङ नेपाल कम्युनिस्ट पार्टी पाँचथरबाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement