काठमाण्डु – नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित कार्यक्रममा बिहीबार नवनियुक्त शिक्षा, विज्ञान प्रविधिमन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
मन्त्री पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपतिले शिक्षामन्त्री नियुक्त गरेका थिए । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि मन्त्री पद रिक्त थियो ।
प्रतिक्रिया