राष्ट्रको प्रतिनिधित्व गर्ने राष्ट्रपति र प्रधानमन्त्रीले मर्यादा राख्न सकेनन् : रघुजी पन्त


काठमाण्डु – नेकपा एमालेका सांसद रघुजी पन्तले देशको इज्जत राष्ट्रपति, प्रधानमन्त्री मन्त्री, सांसद र देशका प्रशासकहरूको भूमिकाले पनि निर्धारण गर्ने स्मरण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा उनले राष्ट्रको प्रतिनिधित्व गर्नेहरूले मर्यादा राख्न नसकेको बताए । उनले कमजोर नेतृत्वले देश अगाडि बढ्न नसक्ने बताए ।

उनले भने, ‘आज यस्तो समाचार छापिएको छ, नेपालका प्रधानमन्त्री र एमसीसीका एक्ज्युकेटिभ डाइरेक्टरले सँगै उभिएर एमसीसी कार्यान्वयन सुरु भएको हर्षोल्लासमा आयोजना गरेको कार्यक्रमको उद्घाटन । प्रधानमन्त्रीसँग सुहाउने मान्छे भए त ठीकै छ तर एमसीसी एक्ज्युकेटिभ डाइरेक्टर र प्रधानमन्त्री सुहाउँछ ?’

छिमेकमा रहेको आर्थिक शक्तिबाट फाइदा लिन चुक्न नहुने उनले बताए । ‘बीआरआई कार्यान्वयन गर्छौ भनेर गएका प्रधानमन्त्रीको चीनमा किन हात काम्यो थाहा छैन र नेपालले एउटा मौका गुमायो । अब त्यो अवसर आउँदैन । यस्तो खालको कमजोर नेतृत्व देशमा भएपछि कसरी देश अगाडि बढ्नसक्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement