राहत लिएर खाडागाउं पुगे मुख्यमन्त्री शाही


काठमाडौं – आइतबार राती लागेको आगोले ठूलो क्षती भएपछि आगलागी पीडितहरुलाई राहत लिएर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पलाता गाउँपालिका-१, खाडा गाउँस्थित न्यौपानेबस्तीमा पुगेका छन् ।

मुख्यमन्त्री शाही, कालीकोटका प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावत लगायतको टोली सुर्खेतबाट राहत लिएर कालीकोटको आगलागी भएको न्यौपानेबस्तीमा पुगेका हुन् । प्रदेश सरकारले पहिलो चरणमा अत्यावश्यक सामानहरुसहित प्रतिपरिवार २० हजारका दरले नगद राहत वितरण गर्ने घोषणा गरेको थियो ।

आगलागीबाट १३२ बढी घर रहेको न्यौपाने बस्तीका ८० बढी घर नष्ट भएका छन् । मानवीय क्षती नभएपनि भौतिक र पशुचौपाएको ठूलो क्षती भएको छ । केही घाइतेसमेत भएका छन् । क्षतीको पूर्ण विवरण भने आएको छैन । पीडितहरूका लागि स्थानीयस्तर र काठमाडौंमा समेत सहयोग संकलन अभियान सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement