राहुल गान्थीको ‘भारत जोडो’ अभियान १ वर्ष पूरा


काठमाण्डु- भारतीय कङ्ग्रेसका नेता राहुल गान्धीले प्रारम्भ गरेको ‘भारत जोडो’ अभियानको एक वर्ष पूरा भएको छ । अभियानका क्रममा उनले कन्याकुमारीदेखि काश्मिरसम्म चार हजार किलोमिटर यात्रा गरेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा नेता गान्धीले ‘देशमा एकता र स्नेह प्रवद्र्धनका साथै समुज्ज्वल भविष्यका निम्ति करोडौँ पाइला’ शीर्षकमा राखेको तीन मिनेटको भिडियोमा भारत एकताबद्ध नभएसम्म र देशबाट घृणा लोप नभएसम्म भारत जोडो यात्रा जारी रहने बताए । उनले भारत जोडो यात्रालाई निरन्तरता दिने ‘वाचा’ पनि गरेका छन् ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा नेता गान्धीका एक सय ३६ दिने यात्राका क्रममा अभिलेख गरिएका पदयात्रा, स्थानीय तहका पार्टीका कार्यकर्ता र सामाजिक सङ्घसङ्गठनका नेता तथा अभियन्तासँगका भेटवार्ता, आमसभाका दृश्य समावेश गरिएका छन् ।

अभियानको वार्षिकीका अवसरमा कङ्ग्रेस नेताहरूले देशभर आज विविध कार्यक्रम आयोजना गरेका छन् तर ती कुनै पनि कार्यक्रममा नेता गान्धी अनुपस्थित हुनेछन् । उनी अहिले साताव्यापी युरोप भ्रमणमा छन् । युरोपमा रहँदा उनले त्यहाँ रहेका भारतीयसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement