मध्य प्रदेशमा ‘जातीय गणना’ कार्ड चाल्दै राहुल गान्धी


काठमाण्डु – भारतको मध्य प्रदेशमा विधानसभा चुनाव घोषणा हुनुअघि भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले ‘जातीय गणना’ कार्ड अघि सारेका छन् ।

नेता गान्धीले जातीय गणनाका लागि केन्द्रमा आफ्नो पार्टीको सरकार हुनुपर्ने शर्त राखेका छन् । विगत ९ वर्षदेखि केन्द्रमा भारतीय जनता पार्टी (भाजपा) सरकार छ ।

मध्य प्रदेशमा आयोजित जनआक्रोश यात्रालाई सम्बोधन गर्दै गान्धीले देशमा कुन जातका कति व्यक्ति छन् भन्ने प्रश्न गर्दा कसैले जवाफ दिन नसक्ने बताए ।

उनले भने, ‘केन्द्रमा हाम्रो सरकार बनेपछि सबैभन्दा पहिला जातीय गणना गर्नेछौं । जब म सवाल गर्छु कि हाम्रो देशमा कति दलित, ओबीसी, अदिवासी, जनरल छन्, तब कोही जवाफ दिन सक्दैनन् ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएको महिला आरक्षण विधेयकमा ओबीसीलाई समावेश नगरिएकोप्र्र्र्र्र्र्र्रति उनले गुनासो गरे । ‘महिला आरक्षणमा ओबीसीलाई किन रिजर्भेसन दिइएन ?’ उनले सोधे ।

प्रतिक्रिया दिनुहोस
Advertisement