अन्ततः राहुल गान्धीले दिए पदबाट राजीनामा


एजेन्सी – भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् ।

गान्धीले लोकसभा निर्वाचनको हारको जिम्मेवारी लिँदै ४ पृष्ठको खुलापत्रमा आफ्ना भनाइहरु राख्दै अब आफू काँग्रेसको अध्यक्ष नहुने भन्दै पार्टीलाई नयाँ अध्यक्ष चुन्न भनेका छन् । उनले खुलापत्रमा लोकसभा निर्वाचनमा पार्टीले पाएको हारको जिम्मेवारी आफूले लिने बताएका छन् ।

उनले काँग्रेसको विकासको लागि जवाफदेहीता महत्वपूर्ण भएको भन्दै आफु जिम्मेवार नेता भएकाले आफूले अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।

यसअघि लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएलगत्तै पदबाट राजीनामा दिएको भएपनि पार्टी कार्य समितिले उनको राजीनामा अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement