राहुल गान्धीको बास होटल र्‍याडिसनमा,यस्तो छ गान्धीको सुरक्षा व्यवस्था ?


काठमाडौं– भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं पुगेका छन् । कैलास मानसरोवर जाने तयारीमा रहेका गान्धी लाजिम्पाटस्थित होटल र्याडिसनमा बसेका छन् । उनको भ्रमणबारे सरकार र भारतीय दूतावास समेत वेखवर रहेको छ । उनको मानसरोवरको भ्रमणलाई लिएर भारतमा हंगामा भएको छ ।

राहुल शुक्रबार अपरान्ह इन्डिगो एयरको नियमित उडानबाट काठमाडौं अवतरण गरेका थिए । विमानस्थलवाट गान्धी मारुती गाडीमा होटल पुगेका थिए ।

राहुल शनिवार बिहान नेपालगञ्ज हुदै हुम्ला र त्यसपछि मानसरोबरको यात्रामा जाने कार्यक्रम छ । उनले चीनिया उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गर्ने सम्भावना रहेको भारतिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले राहुलको भ्रमणका बिषयमा कुनै औपचारिक जानकारी नभएपनि अनौपचारीक जानकारीका आधारमा सुरक्षा प्रवन्ध मिलाएको बताए ।

प्रहरीको उनको सुरक्षाका लागि एकजना डिएसपीको कमाण्डमा टोली खटाएको छ। त्यसका साथै उनको सुरक्षाका लागि सादा पोशाकमा होटल वरपर अन्य सुरक्षाकर्मीहरु पनि खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement