राहुल गान्धीको मानसरोवर यात्रा : सडकयात्रा स्थगित, काठमाडौं हुंदै किन उडे गान्धी ल्हासा ?


काठमाडौं– नेपालको सड्क हुंदै कैलाश मानसरोवर यात्रामा जान लागेका भारतिय कांग्रेसका अध्यक्ष राहुल गान्धी हवाईमार्ग हुंदै चीन प्रस्थान गरेका छन् । शनिवार विहान नेपालगंज हुंदै हुम्ला र त्यहाबाट मानसरोवर जाने तयारीमा रहेका गान्धीले अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरेका छन् ।

उनि शनिवार दिउंसो सिए ४०८ नम्बर एयर चाइनाको विमानबाट १२ः१० बजे काठमाडौंबाट ल्हासा उडेका  छन् । भारतमा उनको भ्रमणको विषयलाई लिएर विजेपीले राजनितिक मुद्दा बनाएको छ । उनलाई भारतिय जनता पार्टीले चीनसंग गोप्य बैठक गर्न गान्धी मानसरोवर जान लागेको आरोप लगाएको छ ।

कर्नाटक विधानसभा चुनावको प्रचारका क्रममा २६ अप्रिलमा गान्धी चढेको जहाज आपतकालीन अवरण गरेपछि उनले कैलाश मानसरोवारको यात्रामा जाने चाहना व्यक्त गरेका थिए । पार्टीले उनलाई अनुमति दिएपछि उनि नेपाल हुंदै मानसरोवार जाने तयारीमा थिए । उनले नेपाल बसाईको क्रममा कांग्रेस नेता रामचन्द्र पौडेललाई भेटेको सुत्रको दावी छ । गान्धी काठमाडौंको लाजिम्पाटमा रहेको होटल र्याडीशनमा बसेका थिए ।

भाजपाले गान्धीलाई हिन्दु विरोधी भएको भन्दै आरोपित गर्दै आएपनि उनले त्यसलाई अस्विकार गर्दै आएका छन् । गान्धीले आफु शिवभक्त भएको बतांउदै आएका छन् । उनले त्यसलाई पुष्टि गर्न पनि मानसरोवर जान लागेका हुन् ।

उनलाई विजेपीका प्रवक्ताले चीनी गांधीको आरोप समेत लगाएका छन् । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपती नाथको दर्शन गर्न आएको र विपक्षी दलका प्रमुख गान्धी मानसरोवर दर्शन गर्न जान लागेको विषयलाई भारतिय संचारमाध्यमले प्रमुखताका साथ समाचार सम्प्रेषण गरेका छन् ।

कांग्रेस प्रवक्ता रणदिप सुरजेवालाकाअनुसार गान्धीको मानसरोवर यात्रा दुई हप्ताको हुनेछ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको अनौपचारीक चीन भ्रमणप्रती यसअघि कांग्रेस आईले आपत्ति जनाएको थियो । चीनको उहानमा भएको मोदी र चिनिया राष्ट्रपति सि जिनपिङको भेटघाटलाई लिएर स्वंयम् गान्धीले समेत संसदमा विरोध गरेका थिए ।

गान्धीले नयां दिल्लीस्थित चिनियां राजदूतलाई भेटको विषय पनि निकै विवादमा आएको थियो । शुक्रवार गान्धीलाई बिदाई गर्न चिनिया राजदूतावासले मागेको चार वटा पास समेत सरकारले नदिएको समाचार भारतिय संचारमाध्यमले प्रकाशित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement