राहुल गान्धीले चीन सामु झुकेको भन्दै प्रधानमन्त्री मोदीको गरे यस्तो आलोचना


ऐजेन्सी – भारतिय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी चीनसंग झुकेको आरोप लगाएका छन् । सामाजिक संजाल टिवट्रमा स्टाटस पोस्ट गर्दै गान्धीले गत महिना भएको प्रधानमन्त्री मोदीको चीन भम्रण विना ऐजेण्डा भएको दाबी समेत गरे ।

उनले द प्रिन्टको एक समाचारमाथी टिप्पणी गर्दै बिना ऐजेण्डाको चीन भ्रमणको पछाडी चीनी ऐजेण्डा भएको आरोप लगाएका हुन ।

उनले भारतको इतिहासमा यो भन्दा पहिले कोही पनि प्रधानमन्त्री विदेशी शक्तिको सामु नझुकेको समेत बताए । उनले अगाडी लेखेका छन् ‘यही हो बीजेपीको राष्ट्रवाद, जो खुला रुपमा देखिरहेको छ । ’

प्रतिक्रिया दिनुहोस
Advertisement