यो बर्ष धेरै कमाउने चौथो बलिउड फिल्म बन्यो ‘रेड २’, सय करोडको आंकडा पार

यो बर्ष धेरै कमाउने चौथो बलिउड फिल्म बन्यो ‘रेड २’, सय करोडको आंकडा पार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अजय देवगन र रितेश देशमुख अभिनित फिल्म ‘रेड २’ ले विश्वव्यापी बक्स अफिसमा धुम मच्चाइरहेको छ ।

मे १ बाट थिएटरमा रिलिज भएको ‘रेड २’ ले जाट र केशरी २ भन्दा राम्रो कमाई गरिरहेको छ ।

फिल्मको विश्वव्यापी कलेक्सनको कुरा गर्दा ‘रेड २’ ले विश्वभरबाट १०० करोडको आंकडा पार गरिसकेको छ।

उसले छैटौं दिनमा नै १०८.६५ करोड कमाएर यो आकडा पार गरेको हो । योसँगै फिल्मले रिलिज भएको एक साताअघि नै सय करोडको आँकडा पार गरेको छ ।

एक रिपोर्ट अनुसार रेड २ ले मंगलबार मात्रै ६.७५ करोड रुपैयाँ कमाएको छ र यसको कुल नेट इन्डिया कलेक्सन ८५.५० करोड रुपैयाँ पुगेको छ। योसँगै यसले केशरी २ (८१.७९ करोड) को रेकर्ड तोडेको छ भने जाट (८७.६१ करोड_ को सङ्कलनलाई पछाडि छाडेसकेको छ ।

बुधबार फिल्मले जाटलाई पराजित गर्दै वर्षको चौथो सर्वाधिक कमाउने फिल्म बनेको छ । यससँगै यसको अर्को लक्ष्य सिकिन्दर र स्काई फोर्स हुनेछ ।

राज कुमार गुप्ताको निर्देशनमा बनेको फिल्ममा अजय र रितेशका अलवा वाणी कपुर, तमन्ना भाटीया, सौरभ शुक्ला लगायतको अभिनय रहेको छ ।