काठमाण्डु – हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका धेरैजसो क्षेत्रमा मनसुनी वायुको प्रभाव छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको र दिउसो देशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया