यी प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुनी वायुको प्रभाव

यी प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुनी वायुको प्रभाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले सोमबार र मंगलबार ३ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएका छन् ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार राति कोशी प्रदेशका पहाड र तराई, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ ।

मधेश तथा कोशी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

बुधबार कोशी प्रदेशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।