कर्णालीका मुख्यमन्त्री शर्माले मंगलवार विश्वासको मत लिने


काठमाण्डु- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मंगलवार विश्वासको मत लिने भएका छन्। कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका शर्माले मंगलवार विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन्। चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ। योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement