जेठ ७ भित्र जिल्ला तथा पालिकाहरुमा ‘संयुक्त आन्दोलन समिति’ गठन गर्न राजावादीको आह्वान

जेठ ७ भित्र जिल्ला तथा पालिकाहरुमा ‘संयुक्त आन्दोलन समिति’ गठन गर्न राजावादीको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संयुक्त जनआन्दोलन समितिले जेठ ६ गते संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य्रप्रति आस्था राख्ने प्रवुद्ध व्यक्तिहरूको भेला गर्ने भएको छ ।

आइतबार संयुक्त जनआन्दोलन समितिमा आवद्ध राजनीतिक दल, संघसंस्था तथा अभियन्ताहरूको संयुक्त बैठकले उक्त कार्यक्रम पारित गरेको हो ।

बैठकले ‘जेठ १५ गते काठमाण्डु जाउँ’ भन्ने नारासहित उक्त यात्रामा व्यापक जनपरिचालन गर्ने भएको छ ।

उक्त कार्यमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध सबै दल, संघसंस्था र अभियानहरूका स्थानीय तहका ईकाईहरूको सक्रिय सहभागिता रहने छ ।

यस्तै जेठ १३ गते वृहत युवा स्वयमसेवक भेला गरिने, यथासम्भव यो भेला राष्ट्रिय सभागृह वा प्रज्ञा भवनमा गरिने छ ।आन्दोलनमा काठमाडौं बाहिरका जनताको व्यापक सहभागिता जुटाउने । त्यसका निम्ति अहिले देखि नै आवद्ध सबै दल, संघसंसथा र समुहहरूले आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।

भावी कार्यक्रमहरु

– संयुक्त जनआन्दोलन समितिमा आवद्ध दल, संघसंस्था, अभियन्ताहरुले आपसी समझदारीमा जेठ ७ गतेभित्र जिल्ला, पालिकाहरुमा ‘संयुक्त आन्दोलन समिति’ गठन गर्न आह्वान गर्ने ।

–विचार र अभिव्यक्ति स्वतन्त्रता निषेध गर्न कानुन बनाउने सरकारको तयारीको विरोध गर्ने, सो कार्य रोक्न माग गर्ने ।

–जेठ १५ गतेदेखि हुने आन्दोलन शान्तिपूर्ण हुनेछ । त्यसको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थालाई आग्रह गर्ने ।

–तीनकुने घटनाको सन्दर्भमा झुटा मुद्दामा फसाइएका आस्थाका बन्दीहरुको तत्काल रिहाइको माग गर्ने ।

–जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन काठमाण्डु बाहिरका जनतालाई काठमाण्डु आउन आह्वान गर्ने । काठमाण्डुका जनता र सबै वर्ग, पेशा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान गर्ने ।

–आन्दोलनलाई आर्थिक सहयोग गर्न आम नेपाली दाजुभाई दिदी बहिनीलाई आह्वान गर्ने ।