राजावादी समूह फुट्यो

राजावादी समूह फुट्यो

समिति नै पुनर्गठन गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गरिरहेको पूर्वपञ्च नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समिति फुटेको छ । समितिबाट प्रवक्त स्वागत नेवाल बाहिरिएका छन् ।

नेपालले आफू यो पदबाट बाहिरिएको संकेत गर्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै समिति संयोजक सुवेदीको आलोचना गरेका छन् ।

उनले अब राजावादी आन्दोलन नयाँ शिराबाट आउने घोषणा पनि गरेका छन् ।

‘एक जनाबाहेक सबै व्यक्ति कुनै न कुनै दल र अभियानमा संलग्न व्यक्तिहरू थिए, स्वागत नेपाल सबैभन्दा अन्तिममा प्रवक्ताको रूपमा एकजना स्वतन्त्र र कानुनको मान्छे पनि चाहिने रहेछ भनेर थपेर राखिएको मान्छे थियो’, नेपालले स्टाटस लेखेका छन्, ‘उसले सकेसम्म बुढाहरूलाई मिलाउन सम्झाउन प्रयास गर्‍ यो । तर बुढाहरूको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुंग पारे, जनभावनालाई तुहाउन प्रयास गरे । तर युवाले तुहिन दिने छैन । आन्दोलन सफल भएरै छोड्ने छ । केही समयको मात्र धैर्य जरुरी छ। हार नस्वीकार्नेलाई कसैले हराउन सक्दैन साथीहरू ढुक्क हुनुहोला ।’

उनले थप भनेका छन्, ‘अवसरवादी अहंकारी र स्वार्थी बुढाहरूलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउने छ । साँच्चैका स्वतन्त्र नागरिकहरू, जुनसुकै पार्टीमा भए पनि कुनै पनि पार्टीमा नभए पनि चाँडै हुने राष्ट्रिय स्वाधीनताको विद्रोह एउटा वैश्विक महत्त्वको ऐतिहासिक शान्तियुद्ध अवसरवादी र अहंकारी बुढाहरूले नगर्ने भए ।’

यसबीच नेपालले संयुक्त जनआन्दोलन समितिलाई पुनर्गठन गर्ने बताएका छन् । समितिलाई पुनर्गठन गरेर युवाहरूलाई समेटिने उनले जनाएका छन् ।

गत साता सुवेदी नेतृत्वको समितिको समीक्षा बैठकमा होहल्ला भएपछि राजावादीहरू निष्क्रिय भएका छन् ।
समितिको नेतृत्वमा १४ जेठदेखि गर्ने भनिएको अनिश्चितकालिन आन्दोलन बिचमै अलपत्र परेको छ ।