प्रतिनिधिसभातर्फ माओवादीले खोल्यो खाता, राजन दाहाल निर्वाचित


काठमाण्डु- नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ सिन्धुली क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल विजयी भएका छन्।

दाहालले २७ हजार ५ सय १७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement