राजपाले तत्काल महाधिवेशन नगर्ने, महाधिवेशन आउँदो बैसाखमा हुने


काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले तत्काल महाधिवेशन नगर्ने भएको छ । पार्टी मुख्यालय बबरमहलमा ४ गतेदेखि बसेको तीन दिने राजनीतिक समितिले महाधिवेशनको मिति ०७६ बैशाख ७ देखि ९ गतेसम्म तोकेको हो।

बुधवारसम्म चलेको उक्त राजनीतिक समितिको बैठकले एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने पार्टीको विधानको धारा २२ उपधारा १० लाई संशोधन गरिएको निर्णय निर्वाचन आयोगलाई पठाउने निर्णय समेत गरेको छ।

साथै असार २१ गते पुनस् राजनीतिक समितिको बैठक बस्ने निर्णय गरेको राजपाका महासचिब केशव झाले जानकारी दिए।
उक्त बैठकले ३ सदस्यिय विधान परिमार्जन समिति गठन गर्ने निर्णय समेत गरेको छ।

मधेस केन्द्रित ६ दल मिलेर गत वैशाखमा गठन भएको राजपा दल दर्ताका क्रममा निर्वाचन आयोगमा बुझाइएको विधानमा एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो ।त्यसलाई आधार बनाएर निर्वाचन आयोगले केही समय पहिले असार मसान्तभित्र महाधिवेशन गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement