राजपाले गर्यो विधान संसोधन, संयोजकमा अनिलकुमार झा


काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को संयोजक पद अब अनिलकुमार झाले सम्हाल्ने भएका छन् । चक्रिय प्रणालीअनुसार सोमबारदेखि झाले संयोजक सम्हाल्ने राजपाले जनाएको छ ।

राजपा संयोजक शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकले पार्टीको महाधिवेशनका लागि एकवर्ष समय थप गरेको छ । दुई वर्ष्भित्र महधिवेशन गर्ने भन्ने विधानमा रहेको व्यवस्था लाई तीन वर्ष बनाइएको छ ।

राप्रपा श्रोतका अनुसार बैठकले महाधिवेशनपछि अध्यक्ष एकजना मात्रै रहने व्यवस्था विधानमा उल्लेख गरेको छ ।

बैठकपछि अध्यक्ष मण्डलका संयोजक भण्डारीद्वारा जारी विज्ञप्तिमा पार्टी विधानको धारा २७ बमोजिम विधानका धारा र उपधाराहरु संशोधन गरिएको उल्लेख गरिएको छ ।

पार्टी विधानको धारा ३१ (१०) मा पार्टीको महाधिवेशन २ वर्ष भित्र गरिनेछ भनिएकोमा समयावधि बढाएर ३ वर्षभित्र गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, विधानको धारा ७(२) (क) मा वडा समितिका निर्वाचित सदस्य, पदाधिकारी तथा वडाबाट निर्वाचित अन्य ‘डेलिगेट्स’ हरुले सक्रिय सदस्यता लिनु पर्ने व्यवस्था नरहेकोमा अब वडा तहबाट निर्वाचित सदस्य, पदाधिकारी तथा ‘डेलिगेट्स’ हरुले निर्वाचित हुना साथ पद तथा गोपनीयताको सपथ लिनु अघि सक्रिय सदस्यताको फारम भर्न अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement