प्रदेश–२ मा सिटको भागवण्डाः फोरमले १७ पाउदा राजपाले पायो १५ सिट


काठमाडौं– प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले सिटको बाँडफाट गरेका छन्।

 

दुबै दलले मंसिर २१ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको भागवण्डा टुंगो लगाएका हुन्।

 

प्रदेश २ का कुल ३२ निर्वाचन क्षेत्रमध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले १७ सिट तथा राष्ट्रिय जनता पार्टी, नेपालले १५ सिटका लागि प्रतिस्पर्धा गर्ने छन्।

 

 

प्रदेशसभाका लागि भने संघीय समाजवादी फोरमले ३३ र राष्ट्रिय जनता पार्टीकाले ३१ ठाउँबाट प्रतिस्पर्धा गर्ने छ।

 

 

फोरमले पर्साको १,२ र ३ लिएको छ भने राजपा ४ नम्बर क्षेत्र पाएके छ। बाराको १ र ४ राजपाले लिँदा २ र ३ फोरमको भागमा परेको छ।

 

 

रौतहटको १, २ र ४ राजपाले तथा ३ फोरमले पाएको छ। सर्लाहीको १, २ र ४ राजपाले पाउँदा ३ फोरमको भागमा परेको छ।

 

 

धनुषाको १, २ र ४ राजपा तथा ३ फोरमले पाएको छ भने सिरहाको १, २, ४ फोरम र ३ राजपाको भागमा परेको छ। सप्तरीको १ र २ फोरम तथा ३ र ४ राजपाले लिएका छन्।

 

 

त्यस्तै महोत्तरीको १ र ४ फोरम तथा २ र ३ राजपाको भागमा परेको छ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement