राजपा नेपालका नेता भारतबाट पक्राउ


काठमाडौं – बैङ्कको फर्जी कागज बनाउँदै ठगीमा संलग्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एक नेतासहित चार जना भारतमा पक्राउ परेका छन् ।

राजपाबाट प्रदेश २ को प्रदेशसभामा समानुपातिक उम्मेदवार बनेका मनोजकुमार ठाकुरसहित सञ्जय ठाकुर, अमिनेश ठाकुर र मुज्जफरपुरका अजित शर्मालाई बैङ्क ठगीको आरोपमा उत्तर प्रदेशको स्पेशल टाक्सफोर्सले बुधबार उत्तर प्रदेशमा पक्राउ गरेको आजतकले जनाएको छ जनाएको छ । मनोज, सञ्जय, अमिनेश दाजु–भाइ हुन् ।

भारतस्थित विहारका बासिन्दा मनोज ठाकुरले नेपाली नागरिकता लिएर महोत्तरीबाट समानुपातिक उम्मेद्वार बन्न सफल भएका थिए । मनोज, सञ्जय, अमिनेश तीनैजनासँग नेपाली नागरिकता छ । पक्राउ परेका चारैजना भारतको नोएडामा पहिलादेखि नै सक्रिय भएर बैङ्कको फर्जी कागज बनाउँदै ठगीमा संलग्न भएको भारतीय प्रहरीले जनाएको छ ।

उनीहरुले भारतको आइसीआइसीआई बैङ्कबाट २ करोड र सिटी बैङ्कबाट १० लाख रुपैयाँ ऋण लिएको अनुसन्धानबाट खुलेको छ । मनोज ठाकुरले आफूलाई राजपा नेपालका अध्यक्षमण्डका सदस्य महन्थ ठाकुरको ‘नाती’ भएको भन्दै आइरहेको राजपाकै नेताहरु बताउँछन् । पक्राउपछि प्रहरीले गरेको अनुसन्धानबाट उनीहरुसँग ५६ वटा बैङ्कको खाता रहेको खुलेको छ । उनीहरुको साथबाट प्रहरीले ६० हजार नेपाली रुपैयाँ बरामद गर्नुका साथै नेपाली पासपोर्ट र नेपाली नागरिकता बरामद गरेको छ ।
आजतकका अनुसार प्रहरीले उनीहरुको साथबाट ४२ वटा पीन कार्ड, ८ आधार कार्ड, २४ भोटर कार्ड, ५६ डेबिट कार्ड, ५६ क्रेडिटकार्ड, २१ वटा बैङ्कका पासबुक, ४४ वटा चेकबुक विभिन्न सरकारी तथा बैङ्कका नक्कली स्ट्याम्प फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement