संविधान संशोधन नभएसम्म राजपा सरकारमा जांदैन :राजेन्द्र महतो


लहान – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म सरकारमा नजाने स्पष्ट पारेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका सदस्यसमेत रहेका नेता महतोले अहिलेकै अवस्थामा वर्तमान सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन् ।

सिरहाको चोहर्वामा शनिवार विहान आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने स्पष्ट पारे ।

कार्यक्रममा राजपाका नेता तथा प्रदेश नं २ का प्रदेश सांसद मनिषकुमार सुमनले सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement