राजविराजमा निकालियो सद्भाव र्‍याली

राजविराजमा निकालियो सद्भाव र्‍याली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सप्तरीको राजविराजमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीले सद्भाव र्‍याली निकालेको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सो र्‍याली आयोजना गरिएको हो ।

‘सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं र एकअर्कालाई सम्मान गरौं’ हिन्दु र मुस्लिम दुवै समुदायको सामूहिक सद्भाव र्‍याली सम्पन्न भएको हो ।

र्‍यालीमा स्थानीय स्तरमा क्रियाशील राजनीतिका दल, सरोकारवाला निकायको समेत सहभागिता थियो ।