चार देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र


काठमाडौं– नेपालस्थित विभिन्न चार देशका राजदूतहरुले ओहदाको प्रमाणपत्र बुझाएका छन् । स्वीट्जरल्याण्ड,सुडान,पानामा र जाम्बियाका राजदूतहरुले विहिवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन ।

राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा विभिन्न चार मुलुकका राजदूतहरुले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । चारै देशका राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ओहदाको प्रमाणपत्र बुझाउनेमा स्वीट्जरल्याण्डका आवासीय राजदूत एलिजावेथ भोन क्यापेलर, सुडानका गैरआवासीय राजदूत सिराजुद्दिन हमिद युसिफ, पानामाका गैर आवासीय राजदूत गिलव्रेटो लेरेना र जाम्बियाका आवासीय राजदूत जुदिथ कंगोमा कापिजिम्पागां रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement