काठमाण्डु – ४ देशका लागि नियुक्त भएका राजदूतहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राजदूतहरूले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, संघीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती, साउदी अरेविया अधिराज्यका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा आचार्यले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणालगायत उपस्थित थिए ।
प्रतिक्रिया