काठमाण्डु-विभिन्न १७ देशका लागि सिफारिस राजदूतहरूको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदै छ । प्रस्तावित १७ राजदूतको सुनुवाइ ८ दिनमा सम्पन्न गर्ने गर्ने लक्ष्य राखिएको छ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये पहिलो दिन आज ४ जनालाई बोलाएको छ । ती चार जनाविरुद्ध ५ सैद्धान्तिक गरी ९ उजुरी परेका छन् ।
आज चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई बोलाइएको छ । त्यसपछि क्रमशः इजरायलका लागि प्रस्तावित पण्डित, मलेसियाका लागि तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाललाई सुनुवाइका लागि बोलाइने छ ।
त्यस्तै, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीलाई सुनुवाइमा बोलाउने तयारी छ ।
मलेसियाका लागि प्रस्तावित राजदूत तिमिल्सिना, इजरायलका लागि पण्डित, भारतका लागि शर्मा र दक्षिण अफ्रिकाका लागि श्रेष्ठविरुद्ध उजुरी परेको छ भने १३ जनाविरुद्ध भने उजुरी परेको छैन ।
प्रतिक्रिया