बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको आग्रह

बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको आग्रह


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन कतारलाई आग्रह गरेका छन् । बिहिबार मन्त्रालयमा शिष्टाचार भेटका लागि आएका नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीसँग गृहमन्त्री लेखकले त्यस्तो आग्रह गरेका हुन् ।

मन्त्री लेखक र राजदूत अन्सारीबीच नेपाल र कताबिचको गहिरिदै गएको सम्बन्धबारे छलफल भएको थियो।

कतारमा रहेका नेपाली कामदारहरुलाई २४ घण्टा नै बिमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरुको राहत र उद्दारमा जोड दिँदै उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन गृहमन्त्री लेखकले आग्रह गरे ।

सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतार बिच सहकार्य बढाउनेपर्नेमा समेत मन्त्री लेखकले जोड दिए ।

त्यसैगरी राजदूत अन्सारील बिपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए । कतारको विकासमा नेपालीहरुको सहयोगको प्रशंसा समेत राजदूतले गरेका थिए ।