परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता


काठमाण्डु- उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता गरेका छन् । बिहीवार बिहान मन्त्री श्रेष्ठ र राजदूत नवीन श्रीवास्तवबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटका क्रममा श्रीवास्तवले श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । बुधवार मात्रै श्रेष्ठले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement